ad ad

खेल


एफसी चितवनद्वारा आइतवार ‘रुकी हन्ट’ सञ्चालन हुने

एफसी चितवनद्वारा आइतवार ‘रुकी हन्ट’ सञ्चालन हुने

नेपालखबर
चैत ४, २०७८ शुक्रबार १५:१, काठमाडौँ

फुटबल क्लब एफसी चितवनले यही चैत ६ गते (आइतवार) चितवनको नारायणगढस्थित क्यापा चौरमा ‘रुकी हन्ट’ (ट्यालेन्ट क्याम्पः खेलाडी छनोट) कार्यक्रम आयोजना गर्ने भएको छ। 

आउँदो अप्रिल ८ तारिखबाट सुरू हुन लागिरहेको नेपाल सुपर लिग (एनएसएल) दोस्रो प्रतियोगिताको प्रतिस्पर्धी क्लब एफसी चितवनले होम ग्राउन्डकाे महत्त्वपूर्ण प्रतिनिधित्व होस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।

चितवन फुटबल सङ्घको समायोजनामा आयोजना हुने उक्त प्रतियोगितामा फुटबल खेलमा पोख्त २३ वर्ष नपुगेका जुनसुकै खेलाडीहरूले भाग लिन पाउनेछन्। खेलाडीहरू कुनै पनि राष्ट्रिय स्तरको लिग प्रतियोगितामा नखेलेको हुनुपर्नेछ।

यसरी छनोटमा पर्ने एकजना खेलाडीले आसन्न नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवन टिमबाट प्रतिष्पर्धामा खेल्न पाउनेछन्।

एफसी चितवन आईएमई ग्रुप अन्तर्गत सञ्चालित गेम अन प्रा.लिको एक फुटबल क्लब हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .