वेस्ट ह्याम युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
बिहीबार भएको अन्तिम १६ को दोस्रो लेगमा सेभिल्लामाथि वेस्ट ह्यामले २–० को जित हात पारेको हो।
यससँगै समग्रमा वेस्ट ह्याम २–१ गोलले विजयी भएको हो। यसअघि पछिलो लेगमा सेभिल्लाले वेस्ट ह्याममाथि १–० को जित निकालेको थियो।
बिहीबार राति भएको खेलमा निर्धारित ९० मिनेटमा वेस्ट ह्याक सेभिल्लामाथि १–० ले अघि रह्यो।
त्यसपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो। खेलको ११२ औं मिनेटमा युक्रेनका खेलाडी एन्ड्री यार्मोलेन्कोले वेस्ट ह्यामका लागि निर्णायक गोल गरे।
यससँगै वेस्ट ह्यामले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
36
Shares
प्रतिक्रिया