ad ad

खेल


छैटौँ राजर्षि जनक कप : नेपाल पुलिस क्लब ५-० ले विजयी

छैटौँ राजर्षि जनक कप : नेपाल पुलिस क्लब ५-० ले विजयी

नेपालखबर
चैत ४, २०७८ शुक्रबार ६:४१, काठमाडौँ

सर्लाहीको बागमतीमा जारी छैठौं राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा नेपाल पुलिस क्लब ५–० गोलले विजयी भएको छ।

‘ए’ डिभिजन लिग खेल्ने नेपाल पुलिसको विभागीय क्लव नेपाल पुलिस क्लवले मोफसलको नव जन जागृति युवा क्लब सिमरा (बारा) माथि सहजै जीत हात पारेको हो।

खेलको पूरै समय पुलिस क्लवका खेलाडी सिमरामाथि हावि भएका थिए। खेलमा पुलिसका १२ नम्बरका खेलाडी रविशंकर पासवान म्यान अफ दि म्याच घोषित हुँदै १० हजार नगद प्राप्त गर्न सफल भए। 

खेलको २० औँ मिनेटमा पुलिसका जर्सी नम्बर १६ का सौजन राईले डिबक्स एरिया नजिकबाट प्रहार गरेको फ्रिकिक बलले सहजै सिमरा गोलपोष्टको जाली चुमेको थियो। खेलको २८ औँ मिनेटमा पुलिसका कप्तान जुमनुको पासमा जर्सी नम्बर १२ का रविशंकर पासवानले अर्को गोल थप्दै खेललाई २–० मा पुर्याएका थिए।

मध्यान्तर लगतै ४६ औँ मिनेटमा पुलिसका जर्सी नम्बर १४ का नीर कुमार राईले गोल गर्दै खेललाई ३–० को अग्रता दिए।

खेलको ५८ औँ मिनेटमा पुलिसका जर्सी नम्बर १२ का रविशंकर पासवानले दोस्रो गोल गर्दै खेललाई ४–० मा पुर्याए। ६३ औँ मिनेटमा पुलिसका जर्सी नम्बर १५ का बुद्ध बल तामाङले गोल गर्दै खेललाई ५–० स्थितिमा पुर्याएका थिए।

अब पुलिसले सुदूरपश्चिम–११ धनगढीसँग चैत ७ गते अर्को खेल खेल्नेछ। आज (शुक्रबार) एनआरटी काठमाडौं र केबीए ग्लोबल बीएफसी चितवनबीच खेल हुने आयोजक बागमती युवा क्लवले जनाएको छ।

बागमती नगरपालिका र बागमती युवा क्लवले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेको हो। बागमती नगरपालिका–११, कर्मैयास्थित स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा खेल भइरहेको छ।

प्रतियोगितामा आयोजक बागमती युवा क्लबसहित १२ वटा टिमले सहभागिता जनाएका छन्। 

प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम एनआरटी, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम ११ धनगढी, केबीए ग्लोबल फुटबल क्लब चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमती युवा क्लबले भाग लिएका छन्। 

प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन्।

यसअघि बुधबार भएको उद्घाटन खेलमा नेपाल आईस हिमालयन शेर्पा क्लब काठमाडौंले मोफसलको ध्रुबतारा स्पोर्टिङ क्लब, झापालाई १–० ले पराजित गरेको थियो।

प्रतियोगिताको अन्तिम समयमा मनाङ मर्स्याङ्दी क्लबले सहभागिता नजनाउने जानकारी गराएको आयोजक बागमती युवा क्लवले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .