साफ यू–१८ महिला च्याम्पिनसिपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ।
च्याम्पिनयसिप अन्तर्गत बिहीबार भएको खेलमा नेपाल बंगलादेशसँग ४–२ गोलले पराजित भएको हो।
भारतको जमसेदपुरस्थित जेडिआर टाटा स्पोर्टस् कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा ४–१ ले पछि परेको नेपालले दोस्रो हाफमा १ गोल फर्काउँदै अन्तर कम गरेपनि हार टार्न भने सकेन।
खेलको ३० औँ मिनेटमा दिपा शाहीले गोल गर्दै खेललाई बराबरीमा ल्याईन्। दोस्रो हाफको ईन्ज्युरी समयमा अमिसा कार्कीले गोल फर्काएपनि टोलीको हार टार्न भने सकिनन्।
च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले २१ तारिकमा भारतसँग खेल्नेछ। डबल राउण्ड रोबिनमा जारी खेलको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ। च्याम्पिनयसिपमा नेपालसहित भारत र बंगलादेश सहभागी छन्।
99
Shares
प्रतिक्रिया