चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पनि लिलेलाई हराउँदै चेल्सीले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
समग्रमा चेल्सीले लिलेमाथि ४–१ को जित हात पारेको हो।
पहिलो लेगमा २–० को जित हात पारेको चेल्सीले दोस्रो लेगमा पनि लिलेलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
बुधबार भएको खेलको ३८ मिनेटमा लिलेले चेल्सीमाथि अग्रता लिएको भए पनि चेल्सीले उक्त नतिजा उल्ट्याउँदै जित हात पारेको हो।
27
Shares
प्रतिक्रिया