ad ad

खेल


पीएनजीविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

पीएनजीविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

नेपालखबर
चैत २, २०७८ बुधबार १०:५२, काठमाडौँ

विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पीएनजीविरुद्ध टस हारेर फिल्डिङको निम्तो पाएको छ। 

यूएईको सारजहाँमा केहीबेरमा सुरु हुने खेल जित्दै नेपाल सिरिजमा विजयी सुरुवात गर्ने लक्ष्यमा छ।

नेपालको सुरुवाती-११ मा कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल,​ आसिफ सेख, आरिफ सेख,​ सागर ढकाल, करण केसी, विनोद भण्डारी, रोहित पौडेल र सोमपाल कामी रहेका छन्।  

पीएनजी लिगको तालिकाको पुछारमा रहेको टोली हो। उसले लिगमा खेलेको १३ मध्ये कुनै पनि खेलमा जित हात पार्न सकेको छैन।

नेपालले भने ८ खेलबाट अहिलेसम्म ८ अंक हात पारेको छ। नेपाल लिगमा सातौं स्थानमा छ। त्यसैले पनि नेपालको यूएई भ्रमण निकै महत्वपूर्ण मानिएको छ। 

यूएई भ्रमणअघि नेपालले श्रीलंकामा ४ अभ्यास खेल खेलेको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .