च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एजाक्सलाई हराउँदै बेन्फिकाले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। बेन्फिकाले समग्रमा ३-२ गोल अन्तरको जित हात पारेको हो।
मंगलबार बेन्फिकाले एजाक्समाथि १–० गोल अन्तरको जित हात पारेको हो। यसअघि पहिलो लेगमा यी दुई टोलीले २–२ गोलको बराबरी खेलेका थिए।
मंगलबार बेन्फिकालाई जित दिलाउन खेलको ७७ औं मिनेटमा डार्विन नुनेजले निर्णायक गोल गरेका थिए।
42
Shares
प्रतिक्रिया