म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरिएको छ।
मंगलबार राति भएको खेलमा एथ्लेटिको मड्रिडसँग पराजित हुँदै युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको हो।
अन्तिम १६ को दुई लेगमा गरी समग्रमा युनाइटेड २–१ गोल अन्तरले पराजित भएको हो।
युनाइटेडले पहिलो लेगमा एथ्लेटिको मड्रिडको मैदानमा १–१ गोलको बराबरी खेलेको थियो।
मंगलबार आफ्नै मैदानमा भने युनाइटेड १–० ले पराजित भयो।
एथ्लेटिकोलाई जित दिलाउने क्रममा खेलको ४१ औं मिनेटमा रेनान लोडीले निर्णायक गोल गरेका थिए।
90
Shares
प्रतिक्रिया