स्पेनिस ला लिगाअन्तर्गतको सोमबार राति भएको खेलमा रियल मड्रिडले मालोर्कामाथि ३–० गोल अन्तरको जित हात पारेको छ।
रियललाई जिताउने क्रममा करिम बेन्जेमाले २ र भिनिसस जुनियरले १ गोल गरे।
खेलको पहिलो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेको थिएन। दोस्रो हाफमा रियलले ३ गोल गरेको हो।
यससँगै लिगमा रियलले दोस्रो स्थानमा रहेको टोलीमाथि १० अंकको अग्रता बनाएको छ।
रियलले २८ खेलबाट ६६ अंक जोडेको छ। समान खेलबाट दोस्रो स्थानमा रहेको सेभिल्लाले ५६ अंक जोडेको छ।
21
Shares
प्रतिक्रिया