इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर सिटी क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ। यससँगै सिटीले दोस्रो स्थानको टोलीसँग स्पष्ट ६ अंकको अग्रता कायम राख्ने मौका गुमाएको छ।
सोमबार राति भएको खेलमा सिटीले दबदबा कायम राखेको भए पनि गोल भने गर्न सकेन।
लिगको शीर्षस्थानमा रहेको सिटीले २९ खेलबाट ७० अंक हात पारेको छ। दोस्रो स्थानमा रहेको लिभरपुलले २८ खेलबाट ६६ अंक जोडेको छ।
बुधबार हुने खेलमा लिभरपुलले आर्सनलमाथि जित हात पारेको खण्डमा उसले सिटीसँगको अंकदुरी १ अंकमा छोट्याउन सक्छ।
54
Shares
प्रतिक्रिया