ad ad

खेल


पञ्जाबमा प्रतियोगिताकै बीच अन्तर्राष्ट्रिय कबड्डी खेलाडी सन्दीप नङ्गलको हत्या

पञ्जाबमा प्रतियोगिताकै बीच अन्तर्राष्ट्रिय कबड्डी खेलाडी सन्दीप नङ्गलको हत्या

नेपालखबर
चैत १, २०७८ मंगलबार ५:२५, काठमाडौँ

पञ्जाबको जालन्धरस्थित नाकोदरको मल्लियाँ कलान गाउँमा जारी प्रतियोगिताका क्रममा सोमबार अन्तर्राष्ट्रिय कबड्डी खेलाडी सन्दीप नङ्गलको गोली हानी हत्या भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार घटना हुनु केही समयअघि खेलकै क्रममा झडप भएको थियो। जससँग झगडा भएको थियो उसले गोली प्रहार गरेको बताइएको छ। गोली लागेपछि आयोजकले सन्दीपलाई तुरुन्तै निजी अस्पताल लगे त्यहीँ उनको मृत्यु भयो। 

प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीहरु सेतो रंगको कारमा आएका थिए। उनीहरुले सन्दीपलाई गोली हानेपछि सोही कारमा भागेका थिए। आक्रमणकारीले करिब २० राउन्ड फायर गरेका थिए। प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरेको थियो। तर हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .