इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी र आर्सनलले आ–आफ्नो खेलमा जित हात पारेका छन्।
चेल्सीले न्युकास्टल युनाइटेडमाथि १–० गोल अन्तरको जित हात पारेको हो। चेल्सीलाई जिताउन काइ हाभर्टेजेले निर्णायक गोल गरेका थिए।
त्यस्तै अर्को खेलमा आर्सनलले लेस्टर सिटीलाई २–० गोल अन्तरले पराजित गरेको हो।
आर्सनललाई जित दिलाउने क्रममा आर्सनलका थोमस पार्टी र एलेक्जेन्डर लाकाजेटीले १/१ गोल गरेका थिए।
यससँगै लिगमा चेल्सी २८ खेलबाट ५९ अंकका साथ तेस्रौ स्थानमा यथावत छ भने २ खेल कम खेलेको आर्सनल म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै चौथो स्थानमा उक्लिएको छ। उसले ५१ अंक जोडेको छ।
लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले २८ खेलबाट ६९ अंक हात पारेको छ।
30
Shares
प्रतिक्रिया