स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनामाथि ४–० को जित हात पारेको छ।
बार्सिलोनालाई फराकिलो जित दिलाउने क्रममा फेरान टोरेसले २ गोल गरे। खेलको १४ औं मिनेटमा नै पेनाल्टीमार्फत एक गोल गरेका उनले त्यसको ७ मिनेटपछि अर्को गोल थपेका हुन्।
त्यस्तै बार्सिलोनाका पिएरे एमरिक औबामेयाङ र रिक्यु पुइग मार्टिले १/१ गोल गरे।
यससँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ। २७ खेलबाट उसले ५१ अंक बनाएको छ।
लिगको शीर्षस्थानमा रहेको रियल मड्रिडले २७ खेलबाट ६३ अंक जोडेको छ।
36
Shares
प्रतिक्रिया