ad ad

खेल


फुटबल विवाद चाँडो समाधान गर्न चार ए डिभिजन क्लबको आग्रह

फुटबल विवाद चाँडो समाधान गर्न चार ए डिभिजन क्लबको आग्रह

नेपालखबर
फागुन २९, २०७८ आइतबार १७:५०, काठमाडौँ

पछिल्लो समय नेपाली फुटबलमा विवाद समाधानका लागि एन्फाले यथाशीघ्र छिटो पहल गरिदिन ४ ए डिभिजन क्लबले अनुरोध गरेका छन्। 

ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी), मनाङ मस्र्याङदी क्लब, थ्रीस्टार र संकटा क्लबले आईतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पछिल्लो समय घरेदु फुटबलमा देखिएको विवाद छिटोभन्दा छिटो समाधान गर्न आग्रह गरेका हुन्। 

यसअघि ए डिभिजनका ८ क्लवले विरोध गरेपनि पत्रकार सम्मेलनमा भने ४ क्लवका पदाधिकारी मात्र उपस्थित थिए। अन्य ४ क्लबको बोर्ड बैठक नबसेका कारण पत्रकार सम्मेलनमा पस्थित नभएको थ्रीस्टार क्लबका महासचिव संजीव शिल्पकारले बताए। 

८ ए डिभिजन क्लबले दुई पटक प्रेस विज्ञप्ती जारी गर्दै विरोध जनाएपछि एन्फाले अक्सन रोक्न आयोजकलाई पत्र पठाएको थियो। नेपाल सुपर लिग (एनएसएल) आयोजकले एन्फाले पठाएको पत्रको वेवास्ता गर्दै गत शुक्रबार अक्सन गरेको थियो। 

आफूहरुले खेलाडी रिलिज नै नगर्दै अन्य क्लवले मार्की खेलडी घोषणा र खेलाडी किनबेच गरेपछि ए डिभिजन क्लबले विरोध गर्दै आएका छन्। 

पर्सि मगंलबार बस्ने बैठकमा आफुहरुको मागलाई एजेण्डाको रुपमा राखेर छलफल गर्न पनि ४ क्लवले एन्फासँग आग्रह गरेका छन्। क्लबहरुले चालेको कदममा खेलाडी, फुटबलप्रेमी, राष्टिय खेलकुद परिषद्। युवा तथा खेलकुद मन्त्रालयले पनि सत्यतथ्य बुझेर एक्यबद्धता जनाई सहयोग गर्न अपिल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .