ad ad

खेल


नेपाली सेनाले पाकिस्तानमा जित्यो स्वर्णपदक

नेपाली सेनाले पाकिस्तानमा जित्यो स्वर्णपदक

फाइल तस्बिर


नेपालखबर
फागुन २९, २०७८ आइतबार १७:२५, काठमाडौँ

नेपाली सेनाले पाकिस्तानमा यही फागुन २३ देखि २५ गतेसम्म भएको ‘पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता’मा स्वर्ण पदक हात पार्न सफल भएको छ। 

जङ्गल र पहाडका विभिन्न बाधा र अवरोध पन्छाउँदै तीन दिन र दुई रातमा ९० देखि १०० किमी दुरीको कठिन र चुनौतीपूर्ण प्रतियोगिता सबैभन्दा पहिले पूरा गरी स्वर्ण पदक जित्न सफल भएको थियो।
 
प्रतियोगितामा प्रमुख सेनानी सुधीर केसी, सहसेनानी पवन खत्री, उपसेनानी अनमोल प्रसाईं, जमदार राजकुमार सारु मगर, हुद्दाद्वय कृष्ण गुरुङ र मानकाजी तामाङ, प्युठ मनोज थापा, निकराज गुरुङ, युवीन अमगाईं, कपिल लामा र सिपाही अशोकबहादुर बम सहभागी थिए। 

नेपाली सेनाले उक्त प्रतियोगितामा पहिलो पटक भाग लिएको हो।
 
प्रतियोगितामा भाग लिनुअघि सेनाले पूर्वतयारी स्वरुप विभिन्न गण र गुल्मबाट छानिएका सकल दर्जालाई चार हप्ताको तालिम प्रदान गरेको थियो । 

प्रतियोगितामा नेपाल, श्रीलङ्का, केन्या, मोरक्को, उज्वेकिस्तान,  टर्की, जोर्डन, साउदी अरेबियालगायतका मुलुकका सेना सहभागी थिए । पहिलो प्रयासमा अब्बल नतिजा हासिल गर्नुमा नेपाली सेनाको व्यावसायिकता, पेशागत दक्षता,  दृढ सङ्कल्पसहितको अठोटले ठूलो बल पु¥याएको हो ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली टोलीमा सहभागी अधिकृत, पदिक र अन्य दर्जालाई ‘प्रधान सेनापति प्रशंसा पदक’ प्रदान गरे।
 
सो अवसरमा सैनिक तालिम महानिर्देशक सीताराम खड्काले प्रतियोगितामा सहभागी नेपाली सैनिक टोलीले नेपाल र नेपालीको  गौरव र प्रतिष्ठा बढाउने काम गरेको भनी प्रशंसा गरे। 

उनले भने, “छोटो तयारीमा पनि कडा परिश्रम र उच्च अनुशासनमा रही सैनिक व्यावसायिता प्रस्तुत गर्दै अरु मुलुकका सेनाबीच नेपाली सैनिक टोलीले पृथक पहिचान स्थापना गर्न सफल भएको छ।”

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .