स्पेनिस ला लिगाअन्तर्गत शुक्रबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले काडिजमाथि २–१ गोल अन्तरको जित हात पारेको छ।
शुक्रबार भएको खेलमा एथ्लेटिको मड्रिडलाई जित दिलाउने क्रममा खेलको तेस्रो मिनेटमा नै जोआओ फेलिक्सले गोल गरेका थिए।
यद्यपि खेलको ४५ औं मिनेटमा विपक्षी टोलीका अल्भारो नेग्रेडोले बराबरी गोल फर्काए। खेलको ६८ औं मिनेटमा एथ्लेटिको मड्रिडका राड्रिगो डे पाउलले अर्को गोल थप्दै पुनः एथ्लेटिकोलाई अग्रता दिलाए।
खेलको ८८ औं मिनेटमा एथ्लेटिकोका जाभी सेरानो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एथ्लेटिको १० खेलाडीमा सीमित भएको थियो। तर, विपक्षी टोलीले त्यसको फाइदा भने उठाउन सकेन।
यससँगै एथ्लेटिको मड्रिड लिगको तेस्रो स्थानमा उक्लिएको छ। उसले २८ खेलबाट ५१ अंक जोडेको छ।
यद्यपि चौथो स्थानमा रहेको बार्सिलोनाले २ खेल कम खेल्दै ४८ अंक हात पारेको छ।
लिगको शीर्षस्थानमा रहेको रियल मड्रिडले २७ खेलबाट ६३ अंक जोडेको छ।
Shares
प्रतिक्रिया