इंग्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार राति भएको खेलमा चेल्सीले नर्विच सिटीमाथि ३–१ को जित हात पारेको छ।
लिगको अन्तिममा रहेको टोलीमाथि जित हात पार्ने क्रममा चेल्सीका लागि ट्रेभो चालोबाह, मासोन माउन्ट र काइ हाभर्टेजले १/१ गोल गरेका थिए।
नर्विच सिटीले खेलको ६९ औं मिनेटमा पेनाल्टीमार्फत १ गोल फर्काएको थियो।
यससँगै लिगमा चेल्सीले २७ खेलबाट ५६ अंक हात पारेको छ।
चेल्सी लिगको तेस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले २८ खेलबाट ६९ अंक जोडेको छ।
24
Shares
प्रतिक्रिया