ad ad

खेल


श्रीलंकन पुलिसलाई ३३२ रनको लक्ष्य, चार खेलाडीको अर्धशतक

श्रीलंकन पुलिसलाई ३३२ रनको लक्ष्य, चार खेलाडीको अर्धशतक

नेपालखबर
फागुन २६, २०७८ बिहिबार १४:९, काठमाडौँ

श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा स्थानीय श्रीलंकन पुलिसलाई ३३२ रनको लक्ष्य दिएको छ।

चार खेलाडीले अर्धशतक बनाएपछि नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३१ रन जोड्यो। 

नेपालका लागि रोहित पौडेलले ७२, कुशल भुर्तेलले ५७, करण केसीले नटआउट ५३, आसिफ सेखले ५२ रनको अर्धशतकीय पारी खेले।

त्यसबाहेक आरिफ सेखले ३५ रन बनाउँदा विनोद भण्डारी र पवन सर्राफ समान ३-३ र भीम सार्की २ रनमा आउट भए। यस्तै कमलसिंह ऐरीले ४५ रनको नटआउट पारी खेले ।

संयुक्त अरब इमिरेट्स (युएई) मा हुने आइसिसी विश्वकप लिग–२ को अन्तिम तयारीका लागि नेपाली टोली यतिबेला श्रीलंकामा अभ्यास खेलहरु खेल्दैछ। 

यसअघि श्रीलंकन नेभीविरुद्ध भएका दुई अभ्यास खेलमा पनि नेपालले जित हात पारेको थियो।

अभ्यास खेलपछि  विश्वकप लिग–२ मा सहभागिताका लागि मार्च १४ मा नेपाली टोली यूएई पुग्नेछ। नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनीसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .