ad ad

खेल


न्यू इरा कप फुटसलमा २५ टोली

न्यू इरा कप फुटसलमा २५ टोली

नेपालखबर
फागुन २३, २०७८ सोमबार २०:५७, काठमाडौँ

न्यू इरा एकेडेमीको आयोजनामा ‘न्यू इरा कप’ अन्तर विद्यालय फुटसल प्रतियोगिता आयोजना हुने भएको छ।

तारकेश्वर नगरपालिका ८ हिलेडोलमा रहेको न्यू इराले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २५ देखि २७ सम्म हुने जानकारी गराएको छ। 

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा हुने प्रतियोगितामा २५ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिता लिक कम नकआउटको आधारमा हुनेछ। 

सोमबार नै प्रतियोगिताको समूह विभाजन गरिएको छ। सहभागी २५ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। हरेक समूहमा ३ टोली रहँदा एक टोलीमा चार टोली रहेका छन्।

हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। समूह ‘ए’ मा आयोजक न्यू इरा ‘ए’, एन्जल हार्ट सेकेन्डरी स्कुल र प्रगति रहेका छन्।

समूह ‘बी’ मा सिर्जना ज्ञान सागर ‘बी’, एन्जल हार्ट नेशनल स्कुल, र रोज मेरी आइडल रहेका छन्।

समूह ‘सी’ मा चिल्ड्रेन हेराल्ड एकेडेमी, विभूति विद्यासागर र सेक्रेट हार्ट तथा समूह ‘डी’ मा काठमाडौं लिंकन, पृथ्वी र माउन्ट ग्लोरी रहेका छन्।

समूह ‘ई’ मा लाली गुराँस, जीवन ज्योति र हिमरश्मी रहेका छन्। समूह ‘एफ’ मा स्वस्तिश्री गुरुकुल, मनास्लु पब्लिक र सेव स्कुल रहेका छन्।

यस्तै समूह ‘जी’ मा सिर्जना ज्ञान सागर ‘ए’, विद्या संस्कार र ल्यान्डमार्क परेका छन्।

समूह ‘एच’ मा न्यू इरा ‘बी’, स्कलर्स होम एकेडेमी, किड्स लर्निङ स्कुल र कौशस स्कुल रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .