ad ad

खेल


मेक्सिकोमा फुटबल हेर्न गएका समर्थकबीच हानाहान हुँदा कम्तीमा २६ जना घाइते

मेक्सिकोमा फुटबल हेर्न गएका समर्थकबीच हानाहान हुँदा कम्तीमा २६ जना घाइते

नेपालखबर
फागुन २३, २०७८ सोमबार ७:१७, काठमाडौँ

आइतबार मेक्सिकोमा फुटबल हेर्न गएका समर्थकहरुबीच हानाहान हुँदा कम्तीमा २६ जना घाइते भएका छन्।

मेक्सिकोको स्थानीय लिगका शीर्ष दुई टोलीबीच खेल भइरहेको समयमा समर्थकहरुबीच झडप भएको हो।

यससँगै क्युरेटारो र एटलासबीचको खेल पनि  ६३ मिनेटपछि रोकिएको थियो। 

केही खेलाडीहरुले समर्थकहरुलाई झगडा नगर्न सम्झाउने प्रयास गरे पनि त्यो सफल हुन सकेन।

झडपमा २६ जना मानिसहरु घाइते भएका छन्। जसमध्ये ३ जनाको अवस्था गम्भीर छ।

क्युरटारो राज्यका गभर्नर माउरिसिओ कुरीले आइतबारको यो घटनामा हताहती नभए पनि यो वियोगान्त घटना रहेको बताएका हुन्। 

आइतबार यो घटना हुनुभन्दा पहिला एटलास १–० ले अगाडि थियो। यद्यपि यो खेल रद्द गरिएको छ।

लिगा एमएक्सका अध्यक्ष माइक एरिओलाले यो घटना हुनुमा आन्तरिक सुरक्षाको कमजोरी मुख्य कारण रहेको बताए।

उनले यो घटनामा दोषीमाथि आवश्यक कारबाहीको माग गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .