स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एल्कमाथि २–१ गोल अन्तरको जित हात पारेको छ।
खेलको पहिलो हाफ सकिनुभन्दा केही समयअघि गोल खाँदै १–० ले पछि परेको अवस्थामा सस्ब्टिच्युट खेलाडी फेरान टोरेसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
खेलको ८४ औं मिनेटमा पाएको पेनाल्टीमा मेन्फिस डेपेले गोल गर्दै बार्सिलोनालाई जित दिलाएका हुन्।
खेलको ८८ औं मिनेटमा एल्क १० खेलाडीमा सीमित भएको थियो।
यससँगै ला लिगामा बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ। उसले २६ खेलबाट ४८ अंक जोडेको छ।
लिगको शीर्षस्थानमा रहेको रियल मड्रिडले २७ खेलबाट ६३ अंक हात पारेको छ।
त्यस्तै आइतबार भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले रियल बेटिसलाई ३–१ गोल अन्तरले पराजित गर्यो।
एथ्लेटिको मड्रिड २७ खेलबाट ४८ अंक जोड्दै लिगको चौथो स्थानमा छ।
Shares
प्रतिक्रिया