इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि ४–१ को जित हात पारेको छ।
उपाधि दौडको शीर्षस्थानमा रहेको सिटीले यससँगै दोस्रो स्थानमा रहेको लिभरपुलसँगको अंकदुरी ६ अंकमा पुर्याएको छ।
राल्फ रंगानिकको युनाइटेड आइतबार क्रिस्टियानो रोनाल्डो र एडिन्सन काभानी विना नै मैदानमा उत्रिएका थियो।
सिटीलाई जिताउने क्रममा केभिन डे ब्रुयन र रियाद महरेजले २÷२ गोल गरे। युनाइटेडा लागि जाडोन सान्चोले १ गोल फर्काए।
यससँगै सिटीले लिगमा २८ खेलबाट ६९ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको लिभरपुलको २७ खेलबाट ६३ अंक छ।
युनाइटेड भने तालिकाको पाँचौं स्थानमा छ। उसले २८ खेलबाट ४७ अंक जोडेको छ।
45
Shares
प्रतिक्रिया