खेल


पल्सर स्पोर्टस् अवार्ड: पिपुल्स च्वाईसको मनोनयन सार्वजनिक

पल्सर स्पोर्टस् अवार्ड: पिपुल्स च्वाईसको मनोनयन सार्वजनिक

नेपालखबर
फागुन २२, २०७८ आइतबार १५:४७, काठमाडौँ

पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ। 

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन गर्दै मनोनयन सार्वजनिक गरेको हो। 

पछिल्लो वर्षको प्रदर्शनलाई हेरेर मञ्चले ५ खेलाडीको नाम सार्वजनिक गरेको हो। 

पिपुल्स च्वाईस अवार्डमा यो पटक मनोनयनमा पर्नेमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्वापो सुब्बा, टेवलटेनिसकी एलिना महर्जन, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल छन्। 

दाहाल जुनियर विश्व वरियताकाका नम्बर वान खेलाडी हुन्। २०२४ ओलम्पिक प्रोजेक्टका लागि छनोट भएका नेपाली खेलाडी हुन्। घरेलु ब्याडमिन्टनमा दबदबा बनाएका प्रिन्स पुष्पलाल स्मृति र्याङकीङ राष्ट्रिय ब्याडमिन्टनमा सिनियरतर्फ लगातार दुई उपाधि जितेका छन्। 

क्रिकेटका कुशलले भने डेब्यु खेलमा नै उत्कृष्ट प्रर्दशन गर्दै सबैको ध्यान आफुतर्फ तान्न सफल भएका थिए। ११ टि–ट्वान्टी अन्तराष्टिय खेलमा एक शतक, ५ अर्धशतक गरि कुल ४ सय ९८ रज बनाएका छन्। ६ एकदिवसीय अन्तराष्टिय खेलमा एक अर्धशतकसहित १ सय ४४ रन बनाउन सफल खेलाडी हुन्। 

महर्जन टेबलटेनिसकी दोस्रो वरियताकी खेलाडी हुन्। उनी सागमा लगातार कास्य पदक विजेता खेलाडी हुन्। 

फुटबलकी एञ्जिाला राष्टिय टोलीकी पहिलो रोजाईकी गोलकिपर हुन्। २०७७ मा स्म्पन्न महिला लिग विजेता टोली एपीएफ फुटबल टोलीकी महत्वपुर्ण सदस्य हुन्। 

एथलेटिक्सकी सन्तोषी श्रेष्ठ १३ औँ सागदेखि २०७८ को प्रधानसेनापति हाफ म्याराथनसम्म भएका ९ प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडी हुन्। १३ औँ सागमा १० हजार मिटर दौडमा स्वर्णधारी खेलाडी हुन्। 

पिप्ल्स च्वाईसमा परेका खेलाडीहरुलाई ई सेवा बाट भोट गर्न सकिन्छ। ईसेवाको ५० प्रतिशत मतभार, फेसबुकको २५, राष्टिय प्रशिक्षकको १२ दशमलव ५ प्रतिशत र खेलपत्रकारले १२ दशमलव ५ प्रतिशत मत जोडिनेछ। 

 

अवार्डको मनोनयनमा परेका खेलाडीको प्रदर्शन-

१. सन्तोषी श्रेष्ठ– एथलेटिक्स
– मध्यम दुरीको दौडमा अब्बल धाविका
– १३ औं सागदेखि पछिल्लो २०७८ को प्रधानसेनापति हाफ म्याराथनसम्म भाग लिएको ९ वटै प्रतियोगिता स्वर्ण  
– हाफ म्याराथनमा पहिलो स्वर्ण (नेपालगन्ज हाफ म्याराथन २०७८), १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा ।
– १३औं सागमा १० हजार मिटरकी स्वर्णधारी उनी गोल्डेन स्प्रिन्ट मिटका उत्कृष्ट खेलाडी (फागुन २०७७)
– गणेशमान सिंह स्मृति १० के रोड रेस (२०७७) मा च्याम्पियन । ३७ मिनेट ५३ः४४ सेकेन्डको कीर्तिमान भंग । 

२. एन्जिला तुम्बापो सुब्बा– फुटबल
– राष्ट्रिय महिला फुटबल टिमकी पहिलो रोजाइकी गोलकिपर । 
– २०७७ साल फागुनमा सम्पन्न राष्ट्रिय महिला लिग विजेता एपीएफ क्लबकी सदस्य ।
– राष्ट्रिय लिगको १२ खेलमा जम्मा १ गोलमात्र बेहोरेको ।
– पाकिस्तानी राष्ट्रिय लिग च्याम्पियनसिपमा मासा युनाइटेडबाट खेलेकी । मासाको कप्तानी गरेकी ।
– एन्जिलाको जीवनमा आधारित फिल्म बन्दै, मिलन चाम्सको निर्देशन र प्रेमकुमार श्रेष्ठको निर्माण ।

३. एलिना मर्हजन– टेबलटेनिस
– नेपाली टेबलटेनिसमा दोस्रो वरीयतासम्म पुगेकी महिला खेलाडी
– सागमा लगातार दुई पदक (१२ र १३ औं दक्षिण एसियाली खेलकुदको महिला टिम इभेन्टमा कांस्य पदक जित्न सफल)
 – खेलाडीमात्र नभई प्रशिक्षकमा सक्रिय (स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीबाट टेबलटेनिसको नयाँ प्रतिभा उत्पादनमा सक्रिय) ।
– सामाजिक कार्यमा पनि क्रियाशील (१३ औंबाट प्राप्त पुरस्कारको आधा रकम कोरोना प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग) 
– टेबलटेनिस परिवारमा हुर्केकी खेलाडी (दाइ राकेश महर्जन, बहिनी इरिका महर्जन, भाउजु नविता श्रेष्ठ सबै राष्ट्रिय खेलाडी)

४. कुशल भुर्तेल– क्रिकेट
– डेब्युमै अब्बल प्रर्दशन 
– नेपाली क्रिकेटले आशा गरेका प्रतिभावान खेलाडी 
– ११ वटा ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा एक शतक, पाँच अर्धशतकसहित कुल ४ सय ९८ रन बनाउन सफल
– ६ एकदिवसीय अन्तर्राष्ट्रियमा एक अर्धशतकसहित एक सय ४४ रन । 
– घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबका भरपर्दा ओपनर 
– आईसीसी टी–२० वरीयतामा ३१औं स्थानमा । नेपाली खेलाडीको अहिलेसम्मकै उत्कृष्ट वरीयता 

५. प्रिन्स दाहाल– ब्याडमिन्टन 
– विश्व ब्याडमिन्टन जुनियर वरीयताका नम्बर वान
– घरेलु ब्याडमिन्टनमा पनि दबदबा (सिन्धुपाल्चोकमा तोप–२१ राष्ट्रिय ब्याडमिन्टनको सिनियरतर्फ रत्नजित तामाङलाई हराउन सफल)
– पुष्पलाल स्मृति ¥याङ्किङ राष्ट्रिय ब्याडमिन्टनमा सिनियरतर्फ लगातार दुई उपाधि
– साइनो कप राष्ट्रिय ब्याडमिन्टनमा च्याम्पियन
– इन्डिया इन्टरनेसनल च्यालेन्जमा सिनियरतर्फ सहभागिता
– वरियतामा सातौं, तेस्रो हुँदै नम्बर एक । २०२४ ओलम्पिक प्रोजेक्टका लागि छनोट नेपाली खेलाडी ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad