खेल


अष्ट्रेलियाविरुद्धको ऐतहासिक टेस्टमा बलियो अवस्थामा पाकिस्तान

अष्ट्रेलियाविरुद्धको ऐतहासिक टेस्टमा बलियो अवस्थामा पाकिस्तान

नेपालखबर
फागुन २१, २०७८ शनिबार ६:४७, काठमाडौँ

अष्ट्रेलियाको टोलीले २४ वर्षमा पहिलोपटक पाकिस्तानमा आएर क्रिकेट खेलेको छ।

शुक्रबार पाकिस्तानको रावलपिण्डीमा अष्ट्रेलिया र पाकिस्तानबीचको टेस्ट सुरु भएको हो।

शुक्रबार पहिलो दिन टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले राम्रो सुरुवात गरेको छ।

उसले १ विकेट गुमाएर २४५ रन बनाएको छ। पाकिस्तानका ओपनर इमाम अल हकले टेस्ट क्रिकेटमा आफ्नो पहिलो शतक प्रहार गरेका छन्।

पहिलो दिनको खेल सकिँदासम्म उनले अविजित १३२ रन बनाएका छन्। उनको लागि पाकिस्तानको भूमिमा यो पहिलो अन्तर्राष्ट्रिय टेस्ट हो।

त्यस्तै अजर अलिले ६४ रन बनाएर उनलाई साथ दिइरहेका छन्।

अष्ट्रेलियाले पछिल्लोपटक सन् १९९८ मा पाकिस्तान भ्रमण गरेको थियो।

सन् २००९ मा पाकिस्तानको लाहोरम श्रीलंकाका खेलाडीमाथि आक्रमण भएसँगै ६ वर्ष पाकिस्तानमा कुनै पनि अन्तर्राष्ट्रिय खेल भएनन्।

त्यसको सट्टामा उसले आफ्नो घरेलु प्रतियोगिता यूएईमा खेल्दै आएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad