राष्टिय टोलीका पूर्व कप्तान तथा त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास एनएसएलको अक्सनमा अनसोल्ड भएका छन्।
शुक्रबार जारी अक्सनमा भरतमाथि कुनैपनि टोलीले ईच्छा नदेखाएका हुन्। भरत गत संस्करण चितवनको मार्की खेलाडी थिए।
गत सिजन अपेक्षाकृत प्रदर्शन गर्न नसकेका भरतमाथि कुनैपनि टोलीले बोलि लगाएनन्।
जारी अक्सनमा भरतसँगै नवयुग श्रेष्ठ, विक्रम लामा अनसोल्ड भएका छन्।
यस्तै, मछिन्द्र क्लबका फरवर्ड अविशेक रिजाल अनसोल्ड भएका छन्। काठमाडौमा जारी नेपाल सुपर लिग (एनएसएल) को अक्सनमा अविशेकमाथि कुनैपनि टोलीले बोली नलगाएका हुन्। पछिल्लो समय अविशेकले उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन्।
यस्तै, करिब १ वर्षपछि पुनरागमन गरेका रेजिन सुब्बालाई भने १ लाख रुपैयाँमा विरगन्जले किनेको छ। चोटका कारण लामो समय मैदान बाहिर रहेक रेजिनले ए डिभिजन लिगको पुनरागमन खेलमा नै गोल गरेका थिए। लिग अवधिभर उनले २ गोल गरे।
Shares

प्रतिक्रिया