मिडफिल्डर सुनिल बल गोल्डेन बजरमा काठमाडौँ रेजर्समा पुगेका छन्।
क्याटेगोरी ‘ए’का बललाई गोल्डेन बजरमा ३ टोलीले बजर बजाए पनि पहिला बजर बजाएर काठमाडौंले पाएको हो। उनले ३ लाख ५० हजार रुपैयाँ पाउनेछन्।
फरवार्ड भुवन बस्नेत १ लाख रुपैयाँमा चितवन पुगेका छन्। मिडफिल्डर रवि थिङ धनगढी पुगेका छन्।
६ टोलीले उनीमाथि बोली लगाएपछि गोलाप्रथाबाट उनी धनगढी पुगेका हुन्।
एपीएफ फुटबल क्लबका रवि क्याटेगोरी ‘सी’मा थिए।
फरवार्ड रुप बहादुर लामा ललितपुर सिटी एफसीमा पुगेका छन्।
५ वटा क्लबले चासो देखाएपछि गोलाप्रथाबाट उनी ललितपुर पुगेका हुन्।
उनले १ लाख ५० हजार रुपैयाँ पाए। क्याटेगोरी ‘बी’का लामा गत सिजन चितवनबाट एनएसएल खेलेका थिए।
डिफेन्डर रनदिप पौडेल झापा एफसीमा पुगेका छन्। ४ क्लबले उनीमाथि इच्छा देखाएपछि गोलाप्रथाबाट १ लाख ५० हजार रुपैयाँमा झापा पुगेका हुन्।
क्याटेगोरी ‘बी’का रनदिपले गत सिजन बुटवलबाट खेलेका थिए।
मिडफिल्डर मनिष सेढाईं ५० हजार रुपैयाँमा काठमाडौँ रेजर्समा पुगेका छन्।
फरवार्ड राजिव गुरुङ वीरगन्ज युनाइटेडमा पुगेका थिए। क्याटेगोरी ‘सी’का उनलाई १ लाख रुपैयाँमा वीरगन्जले किनेको हो। उनीमाथि ३ टोलीले बोली लगाएका थिए।
त्रिभुवन आर्मीका मिडफिल्डर आयुष घलान चितवनमा पुगेका छन्। उनलाई चितवनले १ लाख ५० हजार रुपैयाँम किनेको हो। ए क्याटेगोरीका उनी गत सिजन पोखराबाट खेलेका थिए।
गोलरक्षक किशोर गिरीलाई ललितपुरले लिएको छ। गिरी १ लाख ५० हजार रुपैयाँमा ललितपुरले लिएको उनलाई ४ टोलीले बोली लगाएका थिए।
क्याटेगोरी ‘बी’का उनले विराटनगरबाट एनएसएल खेलेका थिए।
त्यस्तै, डिफेन्डर दिनेश राजवंशी पोखरा थन्डर्सबाट एनएसएल खेल्ने भएका छन्।
गत सिजन धनगढीबाट खेलेका दिनेश ३ लाख ५० हजार रुपैयाँमा पोखरा पुगेका हुन्। दिनेशले मनाङबाट ए डिभिजन लिग खेलेका थिए।
मिडफिल्डर सेसेहाङ आङदेम्बे झापा पुगेका छन्। गोल्डेन बजरमा कुनै टोलीले बजर नबजाएपछि भएको अक्सनमा ३ लाख ५० हजार रुपैयाँमा झपाले किनेको हो।
मिडफिल्डर रवि पासवान बुटवल लुम्बिनीमा पुगेका छन्। गोल्डेन बजरमा कुनै टोलीले बजर नबजाएपछि अक्सनमा बुटवलले ३ लाख ५० हजारमा बाजी मारेको हो।
गोलरक्षक विशाल सुनार गोल्डेनबजरबाट ललितपुरमा पुगेका छन्। क्याटोगोरी ए मा रहेका विशाल ३ लाख ५० हजार रुपैयाँमा ललितपुर पुगेका हुन्।
सुसन श्रेष्ठ धनगढीबाट एनएसएल खेल्ने भएका छन्।
Shares

प्रतिक्रिया