नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि शुक्रबार(अहिले)खेलाडी किनबेच (अक्सन) हुँदैछ।
यो पटकको अक्सनमा १० टोलीले खेलाडीमाथि बोली लगाउने छन्। अक्सनका लागि २ सय ४२ जना खेलाडीले नाम दर्ता गराएका छन्। खेलाडीहरुलाई तीन श्रेणीमा विभाजन गरिएको छ।
क्याटोगोरी ए मा ४० जना खेलाडीले नाम दर्ता गराएका छन्। क्याटोगोरी बी र सी मा समान १०१ खेलाडीले नाम दर्ता गराएका छन्।
एनएसएलमा सहभागी हुने टोलीले १४–१४ जना खेलाडी अनुबन्ध गर्नेछन्। त्यो बाहेक ३ विदेशी खेलाडी र दुई स्थानीय खेलाडीलाई अनुबन्ध गर्नुपर्ने हुन्छ।
नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने एनएसएलमा धनगढी, काठमाडौं रेजर्स, विराटनगर सिटी फुटबल क्लब, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेचीले स्पर्धा गर्नेछन्।
अक्सन अपटेड:
नवयुग श्रेष्ठ: त्रिभुवन आर्मी फुटबल क्लबमा फरवर्ड नवयुग श्रेष्ठ अनसोल्ड भए। चोटका कारण नवयुग मैदान बाहिर छन्। घुँडाको एसीएल गएपछि शल्यक्रिया गरेपछि उनी अहिले मैदान फर्कने तयारी छन्।
दीप कार्की - दीप कार्की गोल्डेन बजर मार्फत विराटनगर सिटी एफसीमा अनुबन्ध भएका छन्। उनी सर्वाधिक ३ लाख ५० हजार रुपैयाँमा विराटनगरमा आवद्ध भएका हुन्। राष्ट्रिय टोलीका गोलरक्षक कार्कीले ए डिभिजन लिगमा हिमालयन शेर्पाको गोलपोष्ट सम्हाल्नु हुन्छ।
मानबहादुर गुरुङ - डिफेन्डर मानबहादुर तामाङ गोल्डेन बजरमा विरगन्ज युनाईटेडमा पुगेका छन्। उनले ३ लाख ५० हजार रुपैयाँ पाउनेछन्।
गोल्डेन बजर क्याटोगोरी ए का खेलाडीका लागि एउटा टोलीले एक पटक मात्र प्रयोग गर्न पाउनेछ।
सुवास गुरुङ : मिडफिल्डर सुवास गुरुङ माथि ६ टोलीले बोली लगाएपछि गोलाप्रथाबाट वीरगन्ज युनाईटेड एफसीले बाजी मारेको छ। सुवासले १ लाख ५० हजार रुपैयाँ पाउनेछन्।
त्रिदेव गुरुङ : मिडफिल्डर त्रिदेव गुरुङ गोल्डेन बजरमा चितवन एफसीमा पुगेका छन्। उनले सर्वाधिक ३ लाख ५० हजार रुपैयाँ पाउनेछन्।
पुजन होना : गोलरक्षक पुजन होना काठमाडौं रेजर्समा पुगेका छन्। उनलाई ४ टोलीले बोली लगाएको थियो। क्याटोगोरी बी का उनलाई १ लाख ५० हजार रुपैयाँमा काठमाडौंले पाएको हो।
विक्रम लामा : मिडफिल्डर विक्रम लामा पहिलो चरणमा अनसोल्ड भएका छन्। गोल्डेन बजरमा उनको नाम आएपनि कुनै टोलीले उनीमाथि रुचि देखाएनन। थ्रीस्टार क्लवका विक्रमले चोटका कारण लिगका पछिल्ला खेल गुमाएका थिए।
नितिन थापा : मिडफिल्डर नितिन थापा अनसोल्ड भए। गत सिजन पोखरा थन्डर्सबाट खेलेका नितिनमाथि यो पटक कुनै टोलीले बोली लगाएनन्।
सिमान्त थापा : डिफेन्डर सिमान्त थापा धनगढी एफसीमा पुगे। उनलाई धनगढीले ३ लाख ५० हजार रुपैयाँमा अनुबन्ध गरेको हो। गतसिजन एफसी चितवनबाट खेलेका उनीमाथि ४ टोलीले बोली लगाएका थिए।
लक्ष्मण रुचाल: मिडफिल्डर लक्ष्मण रुचाललाई चितवन फुटबल क्लबले अनुबन्धन गरेको छ। उनी १ लाख ५० हजार रुपैयाँमा अनुबन्धित भएका हुन्।
राजेन्द्र रावल: काडमाडौ रेर्जस क्लबले मिडफल्डर राजेन्द्र रावललाई अनुबन्धन गरेको छ। उनी १ लाख रुपैयाँमा अनुबन्धित भएका हुन्।
दिपेश आलेमगर: इलाम फुटबल क्लबले फरवर्ड दिपेश आलेमगरलाई १ लाख रुपैयाँमा अनुबन्धन गरेको छ।
कमल थापा मगर: मिडफिल्डर कमल थापा मगरलाई पोखराले अनुबन्धन गरेको छ।
आशिष शाक्य: मिडफिल्डर आशिष शाक्य ५० हजार रुपैयाँमा काठमाडौं रेजर्स पुगेका छन्।
रोशन राना मगर:फरवर्ड रोशन राना मगर पोखरा पुगेका छन्।
विश्वास उदास: डिफेन्डर विश्वास उदास एफसी चितवन पुगेका छन्।
दिपेश घले: मिडफिल्डर दिपेश घले १ लाख रुपैयाँमा इलाम पुगेका छन्।
एकराज बुढाथोकी:डिफेन्डर एकराज बुढाथोकी १ लाख रुपैयाँमा वीरगञ्ज युनाइटेड पुगेका छन्।
आशिष राई: फरवार्ड आशिष राई १ लाख २० हजार रुपैयाँमा बुटबल लुम्बिनी पुगेका छन्।
विराज महर्जन: डिफेन्डर विराज महर्जन १ लाख रुपैयाँमा काठमाडौँमा पुगेका छन्।
टिकेन्द्र सिंह थापा: गोलरक्षक टिकेन्द्र सिंह थापा वीरगञ्ज युनाइटेडमा १ लाख ५० हजार रुपैयाँमा अनुबन्धन भएका छन्।
आशिष लामा:फरवार्ड आशिष लामालाई झापा एफसीले १ लाख ६० हजार रुपैयाँमा अनुबन्धन गरेको छ।
सुशील लामा:फरवार्ड सुशिल लामा अनसोल्ड भए। गत सिजन उनले विराटनगरबाट खेलेका थिए।
प्रशान्त अवस्थी: मिडफिल्डर प्रशान्त अवस्थी १ लाख ५० हजार रुपैयाँमा धनगढी पुगेका छन्।
Shares

प्रतिक्रिया