खेल


सुमन अर्याल बुटवल लुम्बिनी क्लबमा

सुमन अर्याल बुटवल लुम्बिनी क्लबमा

नेपालखबर
फागुन २०, २०७८ शुक्रबार ११:५४, काठमाडौँ

डिफेन्डर सुमन अर्याल बुटवल लुम्बिनी फुटबल क्लबमा आबद्ध भएका छन्।

 उनलाई गोल्डेन बजर बजाउँदै बुटवलले लगेको हो। क्लबले यसपटकको एनएसएलको लागि उनलाई अधिकतम ३ लाख ५० हजार रुपैयाँमा बुटवलले लगेको हो। गोल्डेन बजर एउटा टोलीले एक पटक मात्र प्रयोग गर्न पाउने प्रावधान छ। पहिला जुन टोलीले बजर बजाउँछ त्यही टोलीले खेलाडी पाउनेछ। 

अजित भण्डारी बुटवल एफसीमा गएका छन्। गोलाप्रथाबाट ४ टोलीले बोली लगाएका थिए। उनलाई बुटवलले क्याटोगोरी बी का उनलाई सर्वाधिक रकम १ लाख ५० हजार रुपैयाँमा  लगेको हो। 
फरवर्ड राजिव लोप्चन १ लाख रुपैयाँमा काठमाडौ रेजर्समा पुगेका छन्। 

प्रशान्त तामाङलाई ललितपुर एफसीले लगेको छ। उनीमाथि २ टोेलीले बोली लगाएका थिए।

डिफेन्डर कुलदिप कार्की १ लाख ५० हजार रुपैयाँमा काठमाडौ रेजर्समा पुगेका छन्। 

उनीमाथि ५ टोलीले बोली लगाएका थिए। गोलाप्रथाबाट कुलदिपलाई काठमाडौंले पाएको हो। 

अहिलेसम्म २८ अक्सनमा आएकोमा १२ जना खेलाडीमाथि १० टोलीले बोली लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad