खेल


विश्वकप छनोटको खेल सार्न युक्रेनको आग्रह

विश्वकप छनोटको खेल सार्न युक्रेनको आग्रह

नेपालखबर
फागुन २०, २०७८ शुक्रबार ६:४३, काठमाडौँ

युक्रेनले फिफा विश्वकप २०२२ छनोटअन्तर्गत स्कटल्याण्डसँगको प्ले अफ खेल रोक्न आग्रह गरेको छ।

रुसले अहिले मुलुकमा गरिरहेको आक्रमणको कारण युक्रेनले मार्च २४ मा हुन गइरहेको खेल रोक्न आग्रह गरेको हो।

उक्त प्ले अफ खेल जित्ने टोलीले विश्वकपमा छनोटको लागि अष्ट्रिया वा वेल्ससँग खेल्नुपर्ने हुन्छ। 

विश्व फुटबल महासंघ (फिफा)ले अहिलेको अवस्थाबारे युरोपेली फुटबल महासंघ र स्कटल्याण्ड फुटबल संघसँग कुरा भइरहेको उल्लेख गरेको छ।

फिफाले युक्रेनमा मानिसहरुप्रति आफ्नो ऐक्यबद्धता रहेको बताएको छ।

रुसले युक्रेनमा आक्रमण गरेपछि अन्तर्राष्ट्रिय समुदायले त्यसको चर्को विरोध गर्दै आएका छन्।

आक्रमणको कारण अहिले युक्रेनमा फुटबलका गतिविधिहरु पूर्णरुपमा प्रभावित बनेको भन्दै जानकारहरुले युक्रेनको खेल सार्नुपर्ने उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad