पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) का लागि मार्की खेलाडीमा सुजल श्रेष्ठ र प्रशिक्षकमा नविन न्यौपानेलाई नै निरन्तरता दिएको छ।
पोखराले बिहीबार मार्की खेलाडी सुजल र प्रशिक्षक न्यौपानेसँग सम्झौता गरेको हो।
गत संस्करण सुजलले चोटका कारण एनएसएल गुमाएका थिए।
चोटका कारण प्रतियोगिता गुमाए पनि उनलाई पोखराले व्यवस्थापनको जिम्मा दिएको थियो।
यस्तै प्रशिक्षक न्यौपाने पनि पारिवारिक कारण टोलीमा सहभागी हुन पाएका थिएनन्।
ए डिभिजन लिगमा सुजलले मछिन्द्र फुटबल क्लबको कप्तानी सम्हालेका थिए।
न्यौपानेले त्रिभुवन आर्मी फुटबल क्लबको प्रशिक्षक थिए।
30
Shares

प्रतिक्रिया