ad ad

खेल


धनगढी एफसीको मार्की प्लेयर, मुख्य प्रशिक्षक र गोलकिपिङ कोचमा पुरानैलाई निरन्तरता

धनगढी एफसीको मार्की प्लेयर, मुख्य प्रशिक्षक र गोलकिपिङ कोचमा पुरानैलाई निरन्तरता

नेपालखबर
फागुन १९, २०७८ बिहिबार १५:७, काठमाडौँ

नेपाल सुपर लिगको फ्रेन्चाइज टिम धनगढी एफसीले ‘मार्की खेलाडी’मा राष्ट्रिय टिमका मिडफिल्डर विशाल राई निरन्तरता दिएको छ।

राई लगातार चारपल्टका सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन पनि हुन्। 

यस्तै, मुख्य प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपिङ कोचमा मीन बस्नेतलाई पुनः अनुबन्ध गर्न गरिएको क्लबले जनाएको छ। 

उनीहरू एनएसएल २०२१ मा पनि धनगढी एफसीमा मुख्य प्रशिक्षक र गोलकिपिङ कोच थिए। उनीहरू दुवै जना हालै सम्पन्न ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबमा आबद्ध थिए।

क्लबले भनेको छ, ‘सुपर लिग हाम्रो सुरुआत हो र यसको एक अंगको रुपमा हामी देशभरकै फुटबलप्रमीलाई खुसी बनाउने प्रयास गर्दै आफ्नो क्षेत्रमा फुटबल विकासको आधार पनि तय गर्ने कोसिस गर्नेछौं । मार्की प्लेयर, मुख्य प्रशिक्ष्ँक, गोलकिपिङ कोचको निरन्तरतासँगै एनएसएल २०२२ को प्रतिस्पर्धामा सफलता हात पार्नेमा हामी विश्वस्त छौँ।’

गत वर्ष भएको नेपाल सुपर लिग (एनएसएल) को फाइनलसम्म पुगेको थियो। चैत २६ देखि हुने दोस्रो संस्करणका तयारीलाई पनि तीव्र बनाइसकेको क्लबले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .