ad ad

खेल


विराटनगरको प्रशिक्षकमा विष्णु गुरुङ, मार्कीमा रजिन

विराटनगरको प्रशिक्षकमा विष्णु गुरुङ, मार्कीमा रजिन

नेपालखबर
फागुन १९, २०७८ बिहिबार १३:४९, काठमाडौँ

विराटनगर सिटी फुटबल क्बलले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा  प्रशिक्षकमा विष्णु गुरुङलाई अनुबन्ध गरेको छ। 

विराटनगरले बिहीबार सामाजिक सञ्जालमार्फत क्लबको प्रशिक्षकमा गुरुङलाई अनुबन्ध गरेको जानकारी दिएको हो।

गुरुङले भर्खरै सम्पन्न ए डिभिजन लिगमा संकटा क्लबको प्रशिक्षण सम्हालेका थिए। 

विराटनगरले गत संस्करण भारतीय प्रशिक्षक यान ल लाई टोलीको जिम्मा दिएको थियो। 

यस्तै विराटनगरले मार्की खेलाडीमा रजिन धिमाललाई नै निरन्तरता दिएको छ।

लगातार दोस्रो सिजन पनि विराटनगरसँग आबद्ध भएका धिमालले आफ्नो गृह नगरको टोलीको प्रतिनिधित्व गर्न पाउँदा खुसी व्यक्त गरेका छन्। 

रजिनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘फेरि पनि आफ्नो गृहनगर टोलीको प्रतिनिधित्व गर्न पाउँदा खुसी र गर्व अनुभुति गरिरहेको छु। गत संस्करणको नतिजालाई सुधार्दै यसपटक च्याम्पियन बन्ने लक्ष्यका साथ अघि बढ्ने लक्ष्य राखेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .