ad ad

खेल


काठमाडौं रेजर्सको मार्की खेलाडीमा विकेश र प्रशिक्षकमा बालगोपाललाई निरन्तरता

काठमाडौं रेजर्सको मार्की खेलाडीमा विकेश र प्रशिक्षकमा बालगोपाललाई निरन्तरता

नेपालखबर
फागुन १९, २०७८ बिहिबार १२:४, काठमाडौँ

काठमाडौं रेजर्सले यस पटकको नेपाल सुपर लिगको लागि आफ्नो मार्की खेलाडीमा विकेश कुथुलाई निरन्तरता दिने निर्णय गरेको छ।

त्यस्तै क्लबले प्रमुख प्रशिक्षकमा पनि बालगोपाल महर्जनलाई पनि निरन्तरता दिने निर्णय गरेको छ। बिहीबार क्लबले पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएको हो। 

क्लबको मार्की खेलाडीमा निरन्तरता पाएकोमा विकेश कुथुले खुसी व्यक्त गरे। ‘यो वर्ष पनि काठमाडौं रेजर्सको मार्की खेलाडी हुन पाएकोमा खुसी छु, यसपटक पनि उपाधि घरमा ल्याउने लक्ष्य छ।’

प्रशिक्षकमा निरन्तरता पाएका बालगोपाल महर्जनले पनि क्लबलाई धन्यवाद दिए।

उनले आगामी वर्षमा पनि क्लबलाई उपाधि दिलाउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। गत संस्करणको उपाधि काठमाडौंले उचालेको थियो।

यद्यपि क्लब र खेलाडी तथा प्रशिक्षकबीच भएको सम्झौताको रकम भने खुलाइएको छैन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .