ad ad

खेल


धनगढी एफसीले दियो विशाल राईलाई मार्की खेलाडीका रुपमा निरन्तरता

धनगढी एफसीले दियो विशाल राईलाई मार्की खेलाडीका रुपमा निरन्तरता

नेपालखबर
फागुन १८, २०७८ बुधबार २१:२३, काठमाडौँ

राष्टिय टोलीका मिडफिल्डर विशाल राई नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीकै मार्की खेलाडीका रुपमा रहने भएका छन्। 

धनगढीले विशाललाई नै मार्की खेलाडीमा निरन्तरता दिएको सामाजिक सञ्जालमार्फत जनाएको हो। भर्खरै सम्पन्न ए डिभिजन लिगमा विशाल च्याम्पियन मछिन्द्र फुटबल क्लबका महत्वपूर्ण सदस्य थिए। साविक उपविजेता धनगढी गत संस्करण काठमाडौँ रेजर्ससँग पराजित भएको थियो।

आगामी चैत २६ बाट शुरु हुने भनिएको एनएसएलमा अहिले टोलीहरुले मार्की खेलाडी घोषणा गरिरहेका छन्। यसअघि झापा एफसीले अन्जन विष्टलाई मार्की खेलाडी घोषणा गरिसकेको छ। 

नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने एनएसएलमा धनगढी, काठमाडौं रेजर्स, विराटनगर सिटी फुटबल क्लब, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेचीले स्पर्धा गर्नेछन्। 

गत संस्करण ७ टोलीले स्पर्धा गरेको एनएसएलमा यो पटक झापा, विरगञ्ज र ईलाम नयाँ टोलीका रुपमा थपिएका हुन्। शुक्रबार हुने अक्सनका लागि २४२ खेलाडीलाई तीन क्याटगोरीमा छुट्ट्याइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .