ad ad

खेल


एफए कपबाट बाहिरियो टोटनह्याम

एफए कपबाट बाहिरियो टोटनह्याम

नेपालखबर
फागुन १८, २०७८ बुधबार ६:५५, काठमाडौँ

टोटनह्याम एफए कपको पाँचौं चरणबाट बाहिरिएको छ।

मंगलबार राति भएको खेलमा मिडल्सबर्गसँग १–० ले पराजित हुँदै टोटनह्याम प्रतियोगिताबाटै बाहिरिएको हो।

मंगलबार भएको खेलको निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयतर्फ धेकेलिएको थियो। 

खेलको १०७ औं मिनेटमा मिडल्सबर्गका सब्स्टिच्युट खेलाडी जोस कोबर्नले निर्णायक गोल गर्दै टोलीलाई एफए कपको क्वार्टरफाइनलमा पुर्‍याएका हुन्। 

अघिल्लो चरणमा मिडल्सबर्गले म्याचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पाँचौं चरणको यात्रा तय गरेको थियो।

यो चरणमा पनि उसले टोटनह्याममाथि महत्वपूर्ण जित हात पारेको हो।

यो सिजनको लागि टोटनह्याम एफए कपको उपाधि दाबेदारमध्येको एक मानिएको थियो।

मिडल्सबर्गले पछिल्लो ८ खेलमा लगातार जित हात पारेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .