ad ad

खेल


म्यानचेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा

म्यानचेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा

नेपालखबर
फागुन १८, २०७८ बुधबार ६:४१, काठमाडौँ

म्यानचेस्टर सिटी एफए कपको क्वार्टर फाइनलमा पुगेको छ।

मंगलबार राति भएको पाँचौं चरणको खेलमा पिटरबरो युनाइटेडलाई हराउँदै सिटीले क्वार्टर फाइनलको यात्रा तय गरेको हो। 

मंगलबारको खेलमा सिटीलाई २–० गोल अन्तरको जित दिलाउने क्रममा रियाद महरेज र ज्याक ग्रेलिसले १/१ गोल गरेका थिए।

खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको भए पनि दोस्रो हाफमा सिटीको तर्फबाट २ गोल भएको हो। विपक्षी टोलीले भने कुनै गोल गर्न सकेन।

आगामी बिहीबार हुने खेलले क्वार्टर फाइनलको लागि सिटीको प्रतिस्पर्धी टोलीको टुङ्गो लगाउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .