ad ad

खेल


२७ जनाले पाए एनएनआईपीए स्पोर्ट्स अवार्ड (सूची)

२७ जनाले पाए एनएनआईपीए स्पोर्ट्स अवार्ड (सूची)

नेपालखबर
फागुन १७, २०७८ मंगलबार १५:१२, काठमाडौँ

एनएनआईपीए स्पोर्टस् अवार्डको १६औँ संस्करण आयोजना गरिएको छ।  

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा मंगलबार सम्पन्न समारोहमा २७ जनाले अवार्ड पाएका छन्। 

संघका अध्यक्ष दिपक श्रेष्ठका अनुसार आर्चरीतर्फ ज्ञानु अवालेले अवार्ड जित्दा एथ्लेटिक्सतर्फ किरण सिंह बोगटीले पाएका छन्।

त्यस्तै ब्याडमिन्टनतर्फ प्रिन्स दाहाल, बक्सिङतर्फ सुस्मा तामाङ, बास्केटबलतर्फ सदिना श्रेष्ठ, साइक्लिङतर्फ राजेश मगर, फेन्सिङतर्फ अनिता कार्की, गल्फतर्फ काश्मिरा शाह, ह्यान्डबलतर्फ विशाल बस्नेत, हकीतर्फ अञ्जना चन्द, जिम्न्यास्टिकतर्फ रोहण बुढाथोकी, करातेतर्फ विप्लव श्रेष्ठ, राफ्टिङ र क्यानोइङतर्फ सुमन तामाङ, जुडोतर्फ सुमित्रा राई, स्कीतर्फ सफल राम श्रेष्ठले अवार्ड जितेका छन्। 

त्यसैगरी, स्विमिङतर्फ अनुभव सुब्बा, शुटिङतर्फ कृष्ण थापा, कबड्डीतर्फ नागेश्वर थारु, टेबल टेनिसतर्फ सन्तु श्रेष्ठ, तेक्वान्दोतर्फ पार्वती गुरुङ, ट्रायथलोनतर्फ हिमाल टमाटा, लन टेनिसतर्फ अभिलाषा विष्ट, फुटबलतर्फ विराज महर्जन, भलिबलतर्फ अरुणा शाही, वेटलिफ्टिङतर्फ कमला श्रेष्ठ, वुसुतर्फ निमा घर्ती मगर र रेस्टलिङमा सुरेश चुनाराले अवार्ड जितेका छन्। 

२०७७ मा कोभिड–१९ का कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अफिसियल खेलकुद प्रतियोगिता नहुँदा यो पटक नेपाल ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका खेलाडीलाई सम्मान गरिएको हो। 

काठमाण्डौ उपत्यकाका विभिन्न ऐतिहासिक, सांस्कृतिक सहरहरुमा आयोजना गर्दै आएको अवार्ड यो पटक ललितपुरको गोदावरी नगरपालिकास्थित बज्र बाराही मन्दिर परिसरमा भएको हो। 

अवार्ड कार्यक्रमलाई अपनत्व महसुस गराउन संघले स्थानीय नगरपालिकालाई स्थानीय आयोजकको रुपमा राख्दै आएको छ। यो पटक गोदावरी नगरपालिका स्थानीय आयोजक रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .