माछापुच्छ्रे बैंकले एन इभेन्टले आयोजना गरेको कर्पोरेट बिच क्रिकेट २०७८ को उपाधि जितेको छ।
त्रिशुलीको रिभरसाइड स्प्रीङ रिसोर्टमा सम्पन्न उक्त प्रतियोतिामा ८ कर्पोरेट टिमको सहभागिता रहेको थियो।
कर्पोरेट बिच क्रिकेटको फाइनल खेलमा माछापुच्छ्रे बैंकले सनराइज बैंकलाई ९४ रनले हराएको हो। फाइनल खेलमा १२० रनको लक्ष्य दिएको माछापुच्छ्रे बैंकले सनराईज बैंकलाई जम्मा २६ रनमा अलआउट गर्दे प्रतियोगिताको उपाधि जितेको हो।
माछापुच्छ्रे बैंकले नियमित कामको अतिरिक्त कर्मचारीहरुको इच्छा अनुसार अन्य कृयाकलापहरुमा संलग्न गराई उनीहरुको वृत्तिविकासमा ध्यान दिँदै आएको जनाएको छ।
बैंकले नेपाल राज्यभर उच्च सेवा सुविधाका साथ हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिम र १५७ शाखारहित बैंकिङ्ग सुविधा मार्फत सेवा प्रदान गदै आइरहेको छ। र १५ सय भन्दा बढि कर्मचारीहरुलाई रोजगारी प्रदान गरिरहेको छ।
Shares
प्रतिक्रिया