ad ad

खेल


मेयर महिला च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगिताकाे उपाधि एपीएफलाई

मेयर महिला च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगिताकाे उपाधि एपीएफलाई

नेपालखबर
फागुन १६, २०७८ सोमबार १७:३, काठमाडौँ

एपीएफ क्लबले ललितपुर मेयर महिला च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगितामा उपाधिसहित २ लाख रुपैयाँ हात पारेको छ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको उपाधि भिडन्तमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपीएफले लगातार दोस्रो पटक उपाधि उचालेको हो। सुदूरपश्चिमले दिएको १ सय १४ रनको लक्ष्य एपीएफले १५ दशमलव ५ ओभरमा २ विकेट विकेट गुमाएर भेट्टायो। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १३ रनको योगफल तयार पारेको थियो। दोस्रो भएको सुदूरपश्चिम प्रदेशले १ लाख रुपैयाँमा चित्त बुझाएको छ। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफ क्लबकी ज्योती पाण्डे घोषित भइन्। उनले २५ हजार रुपैयाँ प्राप्त गरेकी छिन्। 

विधागततर्फ उत्कृष्ट बलर सुदूरपश्चिम प्रदेशकी ईश्वरी विष्ट र उत्कृष्ट ब्याटर ज्योति पाण्डे बनिन्। उनीहरुले १५ हजार रुपैयाँ पाए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .