ad ad

खेल


एनएनआईपीए स्पोर्टस् अवार्डको तयारी पूरा

एनएनआईपीए स्पोर्टस् अवार्डको तयारी पूरा

नेपालखबर
फागुन १६, २०७८ सोमबार १२:९, काठमाडौँ

एनएनआईपीए स्पोर्टस् अवार्डको १६ औँ संस्करणको तयारी पूरा भएको छ। 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा मंगलबार हुने अवार्डको तयारी पूरा भएको संघका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए। 

२०७७ मा कोभिड–१९ का कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका अफिसियल खेलकुद प्रतियोगिता नहुँदा यो पटक नेपाल ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका खेलाडीलाई सम्मान गरिनेछ। 

काठमाण्डौ उपत्यकाका विभिन्न ऐतिहासिक, सांस्कृतिक सहरहरुमा आयोजना गर्दै आएको अवार्ड यो पटक ललितपुरको गोदावरी नगरपालिकास्थित बज्र बाराही मन्दिर परिसरमा हुँदै छ।

अवार्ड कार्यक्रमलाई अपनत्व महसुस गराउन संघले स्थानीय नगरपालिकालाई स्थानीय आयोजकको रुपमा राख्दै आएको छ। यो पटक गोदावरी नगरपालिका स्थानीय आयोजक रहनेछ। 

विधागत सम्मानः                               
१. २७ खेलका उत्कृष्ट खेलाडी पुरस्कार –  अवार्ड र दश हजार रुपैयाँ 
२. सर्वोकृष्ट खेलाडी (महिला/पुरुष) – सम्मान पत्र र  १ लाख रुपैयाँ 
३. प्रतिभाशाली खेलाडी सम्मान (महिला/पुरुष) – सम्मान पत्र ५० हजार रुपैयाँ
४. उदियमान खेलाडी सम्मान (महिला/पुरुष) –  सम्मान पत्र ५० हजार रुपैयाँ
५. गजराज आर्दश खेल व्यक्तित्व– सम्मान पत्र, ३५ हजार रुपैयाँ
६. एनएनआईपीए खेल पत्रकारीता पुरस्कार– सम्मान पत्र २५ हजार 
७. वर्ष उत्कृष्ट पारा खेलाडी–अवार्ड १० हजार रुपैयाँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .