ad ad

खेल


रुसको राष्ट्रिय झण्डाबाट फुटबल नखेलाउने फिफाको निर्णय

रुसको राष्ट्रिय झण्डाबाट फुटबल नखेलाउने फिफाको निर्णय

नेपालखबर
फागुन १६, २०७८ सोमबार ७:५, काठमाडौँ

विश्व फुटबल महासंघ (फिफा)ले आगामी खेलमा रुसको टोलीलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग नगर्न निर्देशन दिएको छ।

युक्रेनमाथि रुसले गरेको आक्रमण विरोधमा फिफाले यस्तो निर्णय गरेको हो।

यससँगै आगामी खेलमा रुसको टोलीले फुटबल युनियन अफ रसियाको नामबाट खेल्नेछ।

यसलाई फिफाले तटस्थ भूमिको रुपमा मान्दै राष्ट्रिय गान भने बजाउने छैन। 

पछिल्लो समय केही मुलुकले रुसको टोलीसँग फुटबल खेल्न अस्वीकार गरेका छन्। जसमा इंगल्याण्ड, वेल्स, पोल्याण्ड, चेक रिपब्लिक र स्वीडेनजस्ता देशहरु छन्। 

विश्वकप २०२२ को प्ले अप खेलमा रुसले पोल्याण्डको सामना गर्दै छ। यो खेलमा जित हात पारेको अवस्थामा उसले चेक रिपब्लिक वा स्वीडेनको सामना गर्नुपर्नेछ। 

पोल्याण्डले फिफाको निर्णय अस्वीकार्य रहेको बताएको छ। साथै चेक रिपब्लिक र स्वीडेन पनि रुससँग फुटबल नखेल्ने निर्णयमा अडिग छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .