ad ad

खेल


चेल्सीलाई पछि पार्दै लिभरपुलले जित्यो कारबाओ कपको उपाधि

चेल्सीलाई पछि पार्दै लिभरपुलले जित्यो कारबाओ कपको उपाधि

नेपालखबर
फागुन १६, २०७८ सोमबार ६:४३, काठमाडौँ

लिभरपुलले ईएफएल वा कारबाओ कपको उपाधि जितेको छ।

आइतबार राति भएको खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पछि पार्दै लिभरपुलले उपधिमा कब्जा जमाएको हो।

आइतबारको फाइनल खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। 

निर्धारित र थप गरिएको समयमा दुवै टोलीबाट कुनै पनि गोल सकेन। त्यसपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो।

पेनाल्टी सुटआउट पनि निकै प्रतिस्पर्धात्मक देखिएको थियो। दुवै टोलीले ११÷११ पटक पेनाल्टी प्रहारको मौका पाएका थिए।

अन्तिम समयमा पेनाल्टी प्रहार गर्ने पालो दुवै टोलीका गोलकिपरको आएको थियो।

जसमा लिभरपुलका गोलकिपरले पेनाल्टी सुटआउटको २१ औं गोल गरे।

यद्यपि चेल्सीका गोलकिपरले भने निर्णायक समयमा गोल गर्न सकेनन् र लिभरपुलले उपाधि जित्यो।

लिभरपुलले नवौंपटक कारबाओ कपको उपाधि जितेको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .