ad ad

खेल


आईसीसी विश्वकप लिग–२ का लागि २० सदस्यीय टोलीको घोषणा

आईसीसी विश्वकप लिग–२ का लागि २० सदस्यीय टोलीको घोषणा

नेपालखबर
फागुन १५, २०७८ आइतबार १९:१५, काठमाडौँ

आगामी मार्च तेस्रो साता युएईमा हुने आईसीसी विश्वकप लिग–२ का लागि २० सदस्यीय टोलीको घोषणा भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विश्वकप छनोटमा टोलीमा रहेका ७ खेलाडीलाई बाहिर राख्दै टोलीको घोषणा गरेको हो। 

नेपालले मार्च तेस्रो साता युएईमा पपुवा न्युगिनीसँग त्रिकोणात्मक ओडीआई सिरिज खेल्ने तालिका छ। 

आईसीसी टि–२० विश्वकप छनोट ए मा टोलीमा रहेका शरद भेषावकर, साहब आलम, लोकेश बम, जितेन्द्र मुखिया, कुशल मल्ल, अभिनाश बोहरा र प्रदीप ऐरीलाई बाहिर राख्दै टोली घोषणा गरेको हो। 

घोषित टोलीमा विकेटकिपर अनिल कुमार शाह, विनोद भण्डारी, राजु रिजाल, भीम सार्की, रोहित कुमार पौडेल र पवन सरार्फले पुनरागमन गरेका छन्। 
नेपालले आईसीसी विश्वकप लिग–२ मा हालसम्म दुई त्रिकोणात्मक सिरिज खेलेको छ। 

नेपाल आईसीसी विश्वकप लिग–२ मा ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ। 

२० सदस्यीय टोली
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक कुमार यादव, सागर ढकाल, गुलशन झा, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ, सुशान भारी, राजु रिजाल र अनिल कुमार शाह

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .