आगामी मार्च तेस्रो साता युएईमा हुने आईसीसी विश्वकप लिग–२ का लागि २० सदस्यीय टोलीको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विश्वकप छनोटमा टोलीमा रहेका ७ खेलाडीलाई बाहिर राख्दै टोलीको घोषणा गरेको हो।
नेपालले मार्च तेस्रो साता युएईमा पपुवा न्युगिनीसँग त्रिकोणात्मक ओडीआई सिरिज खेल्ने तालिका छ।
आईसीसी टि–२० विश्वकप छनोट ए मा टोलीमा रहेका शरद भेषावकर, साहब आलम, लोकेश बम, जितेन्द्र मुखिया, कुशल मल्ल, अभिनाश बोहरा र प्रदीप ऐरीलाई बाहिर राख्दै टोली घोषणा गरेको हो।
घोषित टोलीमा विकेटकिपर अनिल कुमार शाह, विनोद भण्डारी, राजु रिजाल, भीम सार्की, रोहित कुमार पौडेल र पवन सरार्फले पुनरागमन गरेका छन्।
नेपालले आईसीसी विश्वकप लिग–२ मा हालसम्म दुई त्रिकोणात्मक सिरिज खेलेको छ।
नेपाल आईसीसी विश्वकप लिग–२ मा ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ।
२० सदस्यीय टोली
Shares

प्रतिक्रिया