एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको १८औँ संस्करणमा यो पटक दशक अवार्ड प्रदान गरिने भएको छ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यो संस्करणमा वर्ष खेलाडीको स्थानमा दशक अवार्ड प्रदान गरिने जानकारी गराएको हो। स्र्पोट्स अवार्ड आगामी चैत ८ गते हुनेछ।
स्पोर्ट्स अवार्डमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर स्पोर्ट्स मुख्य प्रायोजनको रुपमा रहनेछ। सम्झौतापत्रमा मञ्चका अध्यक्ष सुवेदी र हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे।
सम्झौताअनुसार प्रालिले विगतमा दिँदै आएको ४ वटा पल्सर मोटरसाइकल दिनेछ भने मञ्चलाई दिँदै आएको रकमका १० प्रतिशत वृद्धि गरिएको प्रालिका निर्देशक गोल्छाले बताए।
यस्तै यो वर्ष सर्वोत्कृष्ट युवा खेलाडीको विधालाई पनि समावेश गरिएको छैन। कोरोना संक्रमणको कारण प्रतियोगिताहरु कम आयोजना हुँदा अवार्डलाई निरन्तरता दिनका लागि यो वर्ष दशक अवार्ड वितरण गर्न लागेका मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिए।
यो वर्ष सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेशल अवार्ड, लाईफटाईम एचिभमेन्ट अवार्ड, एशियन स्पोर्टस् जर्नालिष्ट अवार्ड र पिपुल्स च्वाईज अवार्ड वितरण गर्ने मञ्चले जनाएको छ।
दशक पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस गरी ४ विधाका विजेताले एक थान पल्सर मोटरसाईकल पाउनेछन्। अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ पाउनेछन्।
अपार्डका लागि सञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा खेलाडी छनोट समिती पनि गठन गरिएको मञ्चले जनाएको छ। दशक पुरुष, महिला, प्रशिक्षकको छनोट कार्य सुरु भइसकेको छ।
Shares
प्रतिक्रिया