सञ्जय स्मृति राष्ट्रिय महिला विच भलिबल प्रतियोगिता आगामी चैत अन्तिम साता हुने भएको छ।
सञ्जय स्मृति प्रतिष्ठानको आयोजना तथा नेपाल भलिबल संघसँगको सहकार्यमा हुने प्रतियोगिता पाल्पाको तानसेनस्थित रानीमहलमा चैत २४ देखि २६ गते सम्म हुनेछ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम आर्मी, पुलिस र एपीएफ गरि १० टोली सहभागी हुने प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।
प्रतियोगिताको विजेता टिमले एक लाख तथा उपविजेताले ५० हजार रुपैया प्राप्त गर्ने प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी दिइन्।
प्रतियोगिताका लागि खेलाडी छनोट प्रदेश खेलकुद विकास समितिले गर्नेछ। सहभागी टोलीमा दुई जना खेलाडी रहनेछन्।
प्रतियोगिता आयोजना गर्न ३० लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ।
54
Shares
प्रतिक्रिया