ad ad

खेल


ए डिभिजन लिग : विजेता मच्छिन्द्रलाई ७५ लाख, आर्मीलाई ५० लाख

ए डिभिजन लिग : विजेता मच्छिन्द्रलाई ७५ लाख, आर्मीलाई ५० लाख

च्याम्पियन भएपछि उपाधिसहित मच्छिन्द्र क्लबका खेलाडी, प्रशिक्षक र पदाधिकारी। तस्बिर : विजय सिंह/नेपालखबर


नेपालखबर
फागुन १४, २०७८ शनिबार १९:३०, काठमाडौँ

कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको ४४ औँ संस्करणको उपाधि विजेता मछिन्द्र फुटबल क्लबले ७५ लाख रुपैयाँ प्राप्त गरेको छ।

लिगको दोस्रो भएको आर्मीले ५० लाख रुपैयाँ प्राप्त गरेको छ।  तेस्रो भएको एनआरटीले २५ लाख रुपैयाँ प्राप्त गर्यो। लिगको फेयर प्ले टोली सातदोबाटो युथ क्लब बनेको छ।

सातदोबाटोले २ लाख रुपैयाँ पाएको छ।  

प्रतियोगिताको उदीयमान खेलाडी त्रिभुवन आर्मी फुटबल क्लबका दिनेश हेम्जन बने।

उनले बागमती प्रदेशको तर्फबाट १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे। उत्कृष्ट गोलरक्षक मच्छिन्द्र क्लबका विशाल श्रेष्ठ घोषित भए। उनले २ लाख पाए। 

लिगमा २ जना खेलाडी सर्वाधिक गोलकर्ता बनेका थिए। न्युरोड टिम एनआरटीका मेसुके ओलुमोउले समान ७ गोल गरेका थिए तर अखिल नेपाल फुटबल संघ (एन्फा) ले कम समयमा गोल गरेको आधारमा फ्रेन्ड्स क्लबका जमाल एन्थोनीलाई पुरस्कार दिएको हो।

व्यक्तिगत विजेता ः

सर्वोत्कृष्ट खेलाडी : सुनिल बल, मछिन्द्र फुटबल क्लब,  ३ लाख 
उदीयमान खेलाडी : दिनेश हेम्जन, त्रिभुवन आर्मी फुटबल क्लब १ लाख ५० हजार रुपैयाँ 
उत्कृष्ट गोलरक्षक विशाल श्रेष्ठ, मछिन्द्र फुटबल क्लब, २ लाख 
सर्वाधिक गोलकर्ता : जमाल एन्थोनी, फ्रेन्ड्स, २ लाख

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .