ad ad

खेल


सुदुरपश्चिम ललितपुर मेयर वुमन्स टी–२० क्रिकेट च्याम्पिनयसिपको फाइनलमा

सुदुरपश्चिम ललितपुर मेयर वुमन्स टी–२० क्रिकेट च्याम्पिनयसिपको फाइनलमा

नेपालखबर
फागुन १४, २०७८ शनिबार १३:१०, काठमाडौँ

सम्झना खड्काको अलराउण्डर प्रर्दशनमा लुम्बिनी प्रदेशलाई पराजित गर्दै सुदुरपश्चिम प्रदेश काठमाडौंमा जारी ललितपुर मेयर वुमन्स टी–२० क्रिकेट च्याम्पिनयसिपको फाइनलमा प्रवेश गरेको छ। 

शनिबार भएको खेलमा सुदुरपश्चिमले लुम्बिनीलाई ३८ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो। 

सुदुरपश्चिमले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो। 

लुम्बिनीकी नेरी थापाले २३, आश्मा पुलामी मगरले २२ र लक्ष्मी चौधरीले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

सुदुरपश्चिमकी कविता कुँवर र सम्झना खड्काले समान २ विकेट लिए। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २८ रनको योगफल तयार पारेको थियो। ​

सुदुरपश्चिमकी सम्झना खड्काले ४२ रनको योगदान दिइन्। ४८ बलको सामना गरेकी उनले ५ चौका प्रहार गरिन्। कप्तान रितु कनौजियाले ३३ र कविता जोशीले ३२ रन थपिन्। कविता कुँवरले १० रन जोडिन्। 

लुम्बिनी प्रदेशकी नेरी थापाले ३ विकेट लिइन्। कृतिका मर्सानी र मधु डिसीले एक एक विकेट लिए। 

प्रतियोगितामा आइतबार ललितपुर मेयर्स ११ र प्रदेश १ तथा लुम्बिनी प्रदेश र एपीएफ क्लब खेल्नेछन्। फाइनल भिडन्त सोमबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .