ad ad

खेल


प्रधान सेनापति हाफ म्याराथनको उपाधि सन्तोषी र गजेन्द्रलाई

प्रधान सेनापति हाफ म्याराथनको उपाधि सन्तोषी र गजेन्द्रलाई

नेपालखबर
फागुन १४, २०७८ शनिबार १२:१४, काठमाडौँ

प्रधान सेनापति हाफ म्याराथनको उपाधि महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ आर्मीका गजेन्द्र राईले जितेका छन्। 

शनिबार भएको हाफ म्याराथन धादिङ सन्तोषीले पहिलो सहभागितामा नै १ घन्टा १३ मिनेट ४२ सेकेन्डमा दुरी पूरा गर्दै उपाधि जितेकी हुन्। 

महिलातर्फ नेपाल प्रहरीकी राजपुरा पछाई दोस्रो र आर्मीकी विश्वरुपा बुढा तेस्रो भए।

राजपुराले १ घन्टा १५ मिनेट २२ सेकेन्डमा र विश्वरुपाले १ घन्टा १८ मिनेट १२ सेकेन्डमा दौड पूरा गरेका थिए। 

पुरुषतर्फ आर्मीका गजेन्द्रले १ घन्टा ३ मिनेट ४२ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भए।

पुरुषतर्फ आर्मीका दीपक अधिकारी दोस्रा र बाग्लुङका तीर्थकुमार पुन तेस्रा भए। दीपकले १ घन्टा ३ मिनेट ४५ सेकेन्ड र तीर्थले १ घन्टा ४ मिनेट ५३ सेकेन्डमा दौड पूरा गरेका थिए।

हाफ म्याराथनको महिलातर्फको विजेता सन्तोषीले ७५ हजारसहित काठमाडौं महानगरपालिकाले प्रायोजन गरेको स्कुटर हात पारिन्।

हाफ म्याराथनको पुरुषतर्फको विजेता गजेन्द्रले ७५ हजार र मोटरसाइकल प्राप्त गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .