ad ad

खेल


राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता (फोटोफिचर)

राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता (फोटोफिचर)

तस्बिर : विक्रम राई


नेपालखबर
फागुन १३, २०७८ शुक्रबार २१:७, काठमाडौँ

आईसीसी टि–२० विश्वकप छनोट तेस्रो भएको नेपाली राष्टिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्किएको छ। 

नेपाली टोली आज साँझ स्वदेश आइपुगेको हो। 

समूह चरणमा अपराजित रहँदै सेमिफाइनल पुगेको नेपाली टोली युनाइटेड अरब इमिरेट्स (युएई) सँग ६८ रनले पराजित भएसँगै नेपालको आगामी अक्टोबर नोभेम्बरमा हुने टि-२० विश्वकप खेल्ने सपना अधुरै रहेको थियो। 

तेस्रो स्थानको लागि बिहीबार भएको खेलमा ओमानलाई ९ विकेटले हराउँदै नेपाल विश्वकप छनोट अन्त्य गरेको हो। 

समूह चरणमा ओमानलाई ३९ रनले हराएको नेपालले फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले पराजित गरेको थियो। 

नेपालले अब आगामी मार्च तेस्रो साता आइसिसी विश्वकप लिग २ अन्तर्गत युएईमा पपुवा न्युगिनीसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .