रेलिगेसनमा परेको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग अंक बाँड्दै थ्रीस्टार क्लबले कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको अन्त्य गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा थ्रीस्टार र बीबीसीले एक एक गोलको बराबरी गर्दै अंक बाँडे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भयो।
खेलको ५६ औँ मिनेटमा बीबीसीका प्रशान्त तामाङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा डोना थापाले गोल गर्दै थ्री स्टारलाई हारबाट बचाए।
बराबरीसँगै थ्री स्टारले १३ खेलबाट १९ अंक जोडेर छैटौं स्थानमा लिग सकेको छ। बीबीसी भने १३ औँ स्थानमा रहेर बी डिभिजनमा झरेको हो।
54
Shares

प्रतिक्रिया